Bagmati

वाग्मती सफाइ महाअभियानको ३४७ औंसप्ताह

बाग्मती सफाई महाअभियानको ३४७ औं साता गुसिङगाल पुल, कालमोचनघाट आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, गरी ८ वटा संघ सस्था र २५० जनाको सहभागिता रहेको थियो । त्यस्तै आगमी साता आगमी साता गुसिङगाल पुल आसपासमा सरसफाई हुने अभियानबाट जानकारी गराइएको छ ।