Bagmati

वाग्मती सफाइ महाअभियानको ३५० औंसप्ताह

बाग्मती सफाई महाअभियानको ३५० औं साता पुगेको अवसरमा विशेष प्रमुख अतिथि प्रकाशमान सिंहज्यु, तथा शहरी विकास मन्त्रालयका सचिव श्री मधुसुदन अधिकारीज्यु लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा विशेष कार्यक्रम एंव, आसपासमा सफाई गरी सम्पन्न भएको छ । नियमित हुदै आइरहेको साताव्यापी सफाई अभियानबाट शनिबार ५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइ अभियानमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका, कार्यकारी समिति अध्यक्ष ज्यु, समितिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं उपत्यका खानेपानी, काठमाडौं महानगरपालिका, नेपाली सेना, गरी ३० वटा संघ सस्था र १५०० जनाको सहभागिता रहेको थियो ।